NRN
उर्जाशिल र मिहेनती हिमालले ल्याए नांगो गाउं

नेपाली चलचित्र क्षेत्रको नयाँ पाईनियर हुन– हिमाल कडरिया । पछिल्लो पुस्ताको उदयमान निर्माता हुन हिमाल कडरिया। झापाबाट काठमाडौं सम्मको वस यात्रा जति पट्यारलाग्दो छ । जति उकाली, ओराली, घुम्ती र मोडहरु पार गरेर काठमाडौं छिचोलिन्छ त्यसैगरी जीवनको अनेकौं घुम्ती र मोडहरु पार गर्दै विभिन्न व्यवसायमा संम्लग्न हुदैं नयाँ–नयाँ अनुभव वटुल्दै चलचित्र क्षेत्रमा आइपुगेका चर्चित निर्माता हुन हिमाल कडरिया। २०७६ सालमा रातो गलवन्दी फिल्म केकी अधिकारी, कोशिष क्षेत्री, वुद्घि तामाब लगायतका कलाकारहरु राखेर निर्माता बनेर सिने क्षेत्रमा प्रवेश गरेको हिमाल कडरियाको पछिल्लो चलचित्र नाङ्गो गाउँ प्रदर्शन अगाडी नै सुपरहिट सावित भएको छ ।

दयाहांग राई र मिरुना मगरको जारी पछि सर्वाधिक चर्चा बटुलेको समकालिन चलचित्र मध्येको उत्कृष्ठ चलचित्र हो नाङ्गो गाउँ । यस चलचित्रमा दयाहाङ्ग राई ,मिरुना मगर, कर्मा, सामराज्ञी, वुद्घि लगायत कलाकारको केन्द्रिय भुमिका रहेको छ । यो चलचित्रको निर्देशक व्यवसायीक रुपमा सफल मानिएको दुई नम्वरी लगायत फिल्म निर्देशन गरिसकेको चर्चित निर्देशक दिपेन्द्र लामा हुन । विभिन्न व्यवसायमा सफलताको शिखर चुम्दै युवाहरुको रोलमोडलको रुपमा स्थापित उनै हिमाल कडरियासंग आजको नेपाली चलचित्र क्षेत्रको सम्भावना र चुनौतीको विषयमा गरिएको रोचक अन्तरवार्ता ।

१) तपाईको विचारमा आजको नेपाली चलचित्र क्षेत्रको मुख्य चुनौंती के हो ?  

-आजको नेपाली सिने वजारको मुख्य चुनौंती भनेको अनावश्यक प्रतिष्पर्घा हो । चलचित्र क्षेत्र आज पनि लगानी सुनिश्चितता हुन सक्ने उद्योगको रुपमा विकशित हुन सकेको छैन । राज्यले चलचित्र क्षेत्रलाई उचित सम्मान दिन सकेको छैन । चलचित्र विमा, कलाकारहरुलाई प्रोत्साहन हुने प्रकारको कार्यक्रम ल्याउन सकेको छैन । चलचित्र गरेको भरमा अन्य व्यापार व्यवसाय नगरिकन घर परिबार पाल्न सक्ने अवस्था चलचित्रकर्मीहरुको हुन सकेको छैन । कला, संस्कृतिलाई राज्यको गहना त भनिन्छ तर यो नारामा मात्रै सिमित भएको छ ।कलाकर्मीहरुलाई राज्यबाट जसरी संरक्षित हुनु पर्ने हो त्यो हुन सकेको छैन । यो नै चलचित्र क्षेत्रको आजको मुख्य समस्या हो । चलचित्र निर्माता वीचको अस्वस्थ्य होडवाजी पनि अर्को समस्या हो ।

२) यस्तो असहज अवस्था देख्दा देख्दै पनि तपाई निर्माताको रुपमा चलचित्र क्षेत्रमा किन प्रवेश गनुभयो ?

- यो मेरो सर्वाधिक स्विकार क्षेत्र हो । म असहजता भित्र सहजता खोज्ने मान्छे हुँ । मैले वच्चादेखि नै कला क्षेत्रमा केही योगदान दिन्छु भन्ने सपना थियो । म मेरो सपना पुरा गर्नको लागि यो क्षेत्रमा आएको हुँ । यो देश कला र संस्कृतिको भण्डार हो । म मा कला र संस्कृति, संस्कार लगायतको क्षेत्रमा केहि गरौं भन्ने हुटहुटिको कारण एवं साथी भाईको सर संगतको कारण आएको हुँ । म चुनौंतीको बीचमा अवसर खोज्ने र नयाँ नयाँ काममा केही रिक्स लिनुपर्छ भन्ने मान्यताको कारण म चलचित्र उद्योगलाई साँचिकै उद्योगको रुपमा विकास गनुपर्छ भनेर आएको हुँ । पुरातन फिल्म भन्दा नयाँ पूस्ताको माग अनुसारको फिल्म बन्नुपर्छ भन्ने मेरो विचार हो । मेरो पहिलो फिल्ममा पनि नयाँपन थियो अहिलेको फिल्ममा पनि राजनैतिक विकृतिको वारेमा चित्रण गरिएको छ यो नितान्त नयाँ टेन्डेन्सी हो ।

३) नाङ्गो गाउँ चलचित्रको चौतफी चर्चा चलेको छ ? के छ यसले चलचित्र जारीको रेकर्ड तोड्छ ? एक निर्माताको नजरबाट के देख्नुहुन्छ ?

- पहिलो कुरा जारी पनि दयाहाङ्ग मिरुना कै फिल्म हो । जारी सामाजिक विकृति र तत्कालीन गलत संस्कारको विषयमाथि प्रहार गरिएको फिल्म हो भने नाङ्गो गाउँ राजनैतिक विकृतिमाथि ! नाङ्गो गाउँको चर्चा परिचर्चा हेर्दा र फिल्मको विषयवस्तु, टिमको मेहनत हेर्दा जारी भन्दा उत्कृष्ठ बनेको छ तर फिल्म उत्कृष्ठ बन्नु भन्दा पनि दर्शकको माया, ममताले चल्ने भएकोले कथा अनुसार दर्शकको मन जित्छ र अहिले सम्म बनेको फिल्मको रेकर्ड नाङ्गो गाउँले तोड्छ भन्नेमा म आाशावादी छु ।

४) नाङ्गो गाउँ फिल्मको कहानी भन्न मिल्छ ? कस्तो बिषयना बनेको फिल्म हो यो ?

- यो मूलत: सामाजिक विषयवस्तु, राजनैतिक विकृति विसंगति माथि प्रहार गरिएको चलचित्र हो । ट्रेलर आएको छ । त्यसमा केही सन्देश पक्कै आएको छ । थप के के विषय समेटिएको छ भन्ने वारेमा सवैलाई भदौं २९ गते सम्म कुर्नु पर्ने हुन्छ । फिल्म लागेपछि हलमा गएर हेरेपछि सवैको कौतुहलता मेटिने छ ।

५) अन्त्यमा नेपाली दर्शकलाई के भन्न चाहनुहुन्छ?

- नेपाली दर्शकलाई सवभन्दा पहिला नेपाली फिल्मलाई माया गर्नहोस भन्न चाहन्छु । नेपाली कला, संस्कृति, संस्कार जोगाउने जिम्मा पनि नेपाली दर्शकको नै हो । अचेल हिन्दी, अँग्रेजी फिल्म मा युवा दर्शकको जुन प्रकारको आक्रषण छ यसलाइ नेपाली फिल्मले तोड्न जरुरी छ । पछिल्लो समय असाध्यै राम्रो राम्रो नेपाली फिल्म बनेका छन् त्यो मध्येको एक फिल्म हो नाङ्गो गाउँ । यो फिल्म आउँदो भदौं २९ गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको छ । विश्वको जुनसुकै ठाउँमा हुनुभएको भएपनि नजिकैको फिल्महलमा गएर फिल्म हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update