NRN
सफलताको शिखरमा चलचित्र नाङ्गो गाउँका निर्माता हिमाल कडरिया

- राजन घिमिरे

जिवन देखेजस्तो मात्रै कहाँ हुँदो रहेछ र प्रकृतिमा जति धेरै विविधता छ त्यस्तै रहेछ जिवन पनि । बाहिरबाट हेर्दा जति धेरै सहज र सरल देखिन्छ वास्तविक जिवन भोगाई त्यो भन्दा भिन्न हुन्छ ।

दु:ख अपसहजता,असफलता र थुप्रै चुनौतीहरु पार गरेपछि मात्रै सफलताको शिखरमा पुग्न सकिन्छ । यस्तै एउटा सिँगो संघर्षको बलियो नाम हो हिमाल कडरिया । हिमाल कडरियाले बागमतीमा धेरै पानी बगेको देखेका छन् ।

वसन्तको हरियाली मात्रै हैन अनकन्टार जगलमा एक्लै घनघोर रात काटेको अनुभव पनि संगालेका छन् ।उनले आज सफलताको दरिलो हिमाल बन्दै गर्दा हिजो पटक पटक हारको असहजताको रुपमा पनि विचलित नभइकन बाटो र गन्तव्य खोजी गदै अगाडी बढेको विगत भूलेका छैनन् । 

हो उनै अहिलेको यूवाहरुको रोल मोडल पछिल्लो समय चर्चाको शिखरमा रहेको चलचित्र नाङ्गो गाउँको निर्माता हिमाल कडरियासँग जिवनको विबिध पाटोको बारेमा गरिएको कुराकानी

- तपाइको नजरबाट हेर्दा जिवन के रहेछ ?

❖ जिवन अनमोल छ । मैले जीवन बहुरुपले भोगेको छु । कसैले जिवन जीत देख्छन् त कसैले हार देख्छन् । यो दृष्टिकोणको भिन्नतासँगै भिन्न भिन्न हुन्छ तर मेरो बुझाईमा जीवन संधर्ष हो । जिवन त्याग हो । जिवन लक्ष्यको खोजी हो । जीवन महत्वकांक्षाको सुन्दर सपना हो । वास्तविकताको भोगाई र जीवनको सार्थकतानै वास्तविक जिवन हो ।

- तपाइको पलिल्लो समय असाध्यै चर्चा चुलिएको छ यसको खास कारण के हो ?

❖ खै ? मलाई त यस्तो लाग्दैन पत्रकार मित्रहरुले माया गर्नु भएको छ । मैले सत्कर्म गरेको छु । समाज , देश, राष्ट्र, राष्ट्रियता र एक असल नागरिकले निभाउनु पर्ने भूमिका मैले निभाएको छु । यसकारण सबैले मलाई रोडमोडल मान्छन् । यो मेरो कर्मको फल हो जस्तो लाग्छ । म सहज छु र समाजको लागि केही गरौँ र गनुपर्छ भन्ने पवित्र उदेश्य मेरो छ । म बाहिरबाट हेर्दा जस्तो छु भित्रबाट पनि उस्तै छु अर्थात् मेरो दोहोरो रुप छैन । मैले नाङ्गो गाउँ चलचित्र मार्फत दोहोरो रुप कस्तो हुन्छ । समाज कस्तो छ । राजनीती कस्तो छ । यी सबै विकृतिहरु माथी हस्तक्षेप गरेको छु । अहिलेको नेपाली समाजको वास्तविकता नाङ्गो गाउँमा देख्न पाईन्छ । यही चलचित्रको कारणले पनि मेरो चर्चा समाजमा सकारात्मक रूपले भएको होला जस्तो लाग्छ ।

- चलचित्र शुक्रबारबाट चल्दै छ ? कस्तो बनेको छ यो चलचित्र ?

❖ नाङ्गो गाउँ चलचित्र असाध्यै आधुनिक फिल्म बनेको छ । गाउँले परिवेश भित्रको निर्वाचन समाजमा भैरहेको विकृति र विसंगतिसँगै जनतामा आएको सचेतना र महत्वकाक्ंक्षा बिचको आपसी टकराव नै नाङ्गो गाउँ हो । यो हरेक नेपालीको जीवन शैलीसँग मेल खाने भएकोले सबै नेपालीले यो चलचित्रलाई माया गर्नु भएको छ । आजसम्म नेपालमा बनेको चलचित्र भन्दा यो चलचित्र फरक र सरल कथा बोकेको चलचित्र हो । हरेक दर्शकलाई आफ्नै जीवन कथा जस्तो लाग्छ यो चलचित्र । यसकारण सबै दर्शकले यो चलचित्र मन पराउनु हुन्छ भन्ने बिस्वास हामीमा छ ।

- तपाई एक निर्माताको हैसियतले नेपाली दर्शकलाई के भन्न चाहनुहुन्छ ?

❖ नेपाली दर्शक मेरो भगवान हुन् । मेरो चलचित्र हिट बनाउन नेपाली दर्शकहरु भदौ २९ गते कुरेर बस्नुभएको छ । संसारभर एकै पटक चलचित्र लाग्दै छ । हामीले असाध्यै मेहनेत गरेर चलचित्र बनाएका छौँ । वर्तमान नेपाली चलचित्रको सुपरहिट जोडी दयाहाङ राई र मिरूना मगरको साथमा साम्राज्ञी आरएल शाह, कर्मा, बुद्री तामाङ, शिशीर बाङदेल जस्ता खारिएमा कलाकारहरूकौ अभिनयमा दिपेन्द्र लामा जस्ता चर्चित निर्देशकको निर्देशनमा यो चलचित्र बनेको छ । यसकारण सबै नेपाली बुवामूमा , दाजुभाइ दिदीबहिनीलाई म हार्दिक आग्रह गर्न चाहन्छु कि नेपाली चलचित्रलाई माया गनुहोस् हामी सदैव उच्च कोटीको चलचित्र बनाउँदै जाने छौँ । तपाईहरुको साथ सहयोग र सकारात्मक आलोचना हामी स्विकार्छाै। सबैलाई हलसम्म पुग्नको लागि सवैलाई चुले निम्ता दिन चाहन्छौँ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update