NRN
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित भएको हाे ।

आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । 

कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update