NRN
प्रदीप खड्का बने ब्रान्ड एम्बास्डर बेलाको ब्रान्डका २८ प्रोडक्ट आयो

- राजन घिमिरे

अभिनेता प्रदीप खड्का आइकेबिएच ग्रुपको बेलाको ब्रान्डका प्रोडक्टहरूको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन । यस बिषयमा नायक खड्काले आइकेबिएच ग्रुपसँग दुई वर्षको लागि सम्झौता गरेका हुन ।

नायक खड्का र ग्रुपका सिइओ अब्दुल बसिदबीच सम्झौता सम्पन्न भएको छ -‘ कम्पनीको प्रस्ताबलाई पोजेटिब रूपमा स्विकार गरेर् हाम्रो समूहलाई उर्जा प्रदान गर्नु भएकोमा नायक प्रदीप खड्काप्रति हामी आभार ब्यक्त गर्दछौ -‘ ग्रुपका सिइओ अब्दुल बसिदको भनाई थियो । वासिद गैह्र आबासीय नेपाली संघका यूबा संयोजक हुन ।

अब नेपाली बजारमा आइकेबिएच ग्रुपले ल्याएका बेलाको ब्रान्डका प्रोडक्टहरुको बिशेषता बारेमा नायक खड्काले चर्चा परिचर्चा गर्ने छन । ग्रुपले २८ किसिमका घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामाग्री बजारमा ल्याएको हो । बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार र नेपालमा उपलब्ध हूदै आइरहेको छ ।

कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको जानकारी दिएको छ । कम्पनीले विदेशमा यो प्रोडक्टले पाएको चर्चा , माया र साथ नेपालमा पनि पाउंने बिश्वास लिएको छ ।

कम्पनीले फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिन लगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएको छ । कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले ग्राहकको सन्तुष्टिलाई प्राथकितामा राखिने बताउँदै अगाडि भने-‘ हामीले २८ वटा प्रोडक्टको बिक्रीवितरण सुरु गरेका छौं-‘ आइकेबिएच ग्रुपका ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्काले बेलाको ब्रान्डमा जोडिन पाउनुलाई गौरवको विषय भएको बताएका छन -‘ बेलाको ब्रान्डका उपकरणहरू निकै आकर्षक र गुणस्तरीय छन्। यस ब्रान्डका सबै सामग्री आफैंलाई प्रयोग गरिरहुँ भन्ने लागिरहेको छ-‘ नायक खड्काले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update